एजेन्सी– कुनै कुनै जीव यति भयानक छन कि जसलाई छुँदा समेत मानिसको मृत्यु हुन सक्छ। ‘स्टोन फिस’ अर्थात ढुंगा जस्तो देखिने माछालाई छुनासाथ मानिसको ज्यान जान सक्छ। त्यसैले समुन्द्रको धेरै नजिक नजान विशेषज्ञको चेतावनी छ।
यो विषालु माछा समुन्द्रको मकर रेखा आसपासमा हुने गर्दछ। यो माछाको बनावट ढुङ्गाको जस्तै छ। मानिसहरु ढुंगा भन्ठान्छन र त्यसको आडभरोसा लिन खोज्दा त्यही माछाको शिकार बन्छन्। यदि यो माछाको माथि टेक्यो भने पनि त्यसले आफूमाथिको तौलको मात्रामा न्युरोटोक्सिन विष निकाल्छ।
माछाले कसैलाई टोक्यो भने तत्कालै त्यो अंग काटेर फाल्नुपर्छ। अन्यथा मानिस बाँच्न सक्दैन। यो माछालाई छोएको ५ सेकेन्डमै यसले विष छोड्न थाल्छ। यो माछा यति खतरनाक हुन्छ कि एक थोपा विषले मात्र पनि पूरा शहर नष्ट गरिदिन्छ।
एक थोपा विष कुनै पनि शहरमा भएको पानीमा घोलेको खण्डमा त्यस शहरका मानिसहरुको जीवन सकिने विभिन्न अध्ययनले देखाएको छ।