एजेन्सी– न्यूजिल्याण्डसँगको टी–२० क्रिकेट सिरिजको चौथो खेलमा ‘स्लो ओभर रेट’मा बलिङ गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले भारतीय क्रिकेट टीमलाई जरिवाना गरेको छ।
जसमा आइसीसीले भारतलाई खेलको ४० प्रतिशत म्याच फि जरिवाना तिर्नुपर्ने बताएको छ। विराट कोहलीको नेतृत्वमा रहेको टीमलाई म्याच रेफ्रि प्यानलका क्रिस बोर्डले सो जरिवाना सुनाएका हुन्।
आइसीसीको ‘कोड अफ कन्डक्ट’को आर्टिकल दुई दशमलव दुई दुईमा आधारित भएर हरेक खेलाडीलाई २० प्रतिशत म्याच फि को जरिवाना तोकिएको छ।आइसीसीले तोकेको ओभर रेट भन्दा कममा बलिङ गरेको भन्दै सो जरिवाना तोकेको हो।