एजेन्सी– आजभोलि सोसल मिडियामा मानिसहरुले आफ्नो धेरै समय बिताउने गरेका छन्। सोसल मिडिया आजभोलि एकदमै लोकप्रिय बन्दै गइरहेको छ।
एक तथ्यांकका अनुसार फेसबुकमा ३ करोड अकाउन्ट यस्ता मानिसका छन् जसको मृत्यु भैसकेको छ। एक रिपोर्टका अनुसार आगामी ४० वर्ष भित्र जिवित भन्दा मृतक फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ।
अझ रोचक त के भने सन् २०६० सम्ममा फेसबुक प्रयोग गरिरहेका जिवित मानिसहरुको तुलनामा मृत्यु भैसकेका फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ। आखिर अवस्था यस्तो हुँदा पनि मृतकको फेसबुक अकाउन्ट किन डिलिट गरिँदैन त
हामीले देखेकै कुरा हो कुनै मृतकको फेसबुकको टाइमलाइनमा मृतकका शुभचिन्तक, साथीभाई आदिले यस्ता शव्दहरु लेखेका हुन्छन् मानौँ त्यो व्यक्तिले तत्कालै रिप्लाई देओस्। मरेको मानिसको टाइमलाइनमा जन्मदिन तथा कुनै विशेष दिनको शुभकामना मात्र होइन फ्रेण्ड रिक्वेस्ट समेत पठाइरहेका हुन्छन् मानिसहरु।
मरेका मानिसका सोसल मिडिया अकाउन्टहरु डिलिट नहुँदा डिजिटल चिहान खडा भैरहेको छ। तर यसको एउटा सकारात्मक पाटो पनि छ। त्यो के भने मृतकको सम्झना जोगाईराख्नका लागि र नयाँ पुस्तालाई त्यस व्यक्तिको इतिहाससँग जोडिराख्नका लागि यो पाटो उत्कृष्ट छ।