नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित ग्रामीण विकास प्रशिक्षण केन्द्र पुनः सञ्चालनमा आएपछि सेवा क्रमशः विस्तार हुँदै गएको छ। द्वन्द्वकालीन असुरक्षाका कारण केन्द्र बन्द भएको थियो । केन्द्र सञ्चालनमा आएसँगै अहिले कर्मचारीलाई विषयगत तालीसमेत दिन थालिएको छ।
अहिलेसम्म सात पटक तालीम सम्पन्न गरेको र आठौँ पटकको तालीम सञ्चालनको तयारीमा रहेको केन्द्र प्रमुख चण्डीलाल चौधरीले जानकारी दिएका छन्। स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई तालीम दिने अधिकार केन्द्रलाई दिइएको छ। केन्द्रबाट तालीम लिनुभएका नायबसुब्बा अशोक खरेलले केन्द्र पुनः सञ्चालनमा आएपछि आप्mनै ठाउँमा नै तालीम पाउने अवसर सिर्जना भएकामा खुशी व्यक्त गरे।
विसं २०२३ मा स्थापना भएको केन्द्रले विगतमा साविकका मध्य र सुदूरपश्चिमका २४ जिल्लाका जनप्रतिनिधि तथा कर्मचारीलाई तालीम दिँदै आएको थियो। अहिले प्रदेश नं ५ को १२ जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, नायबसुब्बा र खरीदार तहका कर्मचारी, जिल्ला समन्वय समितिका जनप्रतिनिधि तथा कर्मचारीलाई सेवाकालीन र क्षमता वृद्धिको तालीम दिने गरी केन्द्र पुनः सञ्चालनमा ल्याइएको छ।
कर्मचारी दरबन्दीको अभावमा अहिले तालीम सञ्चालनमा ठूलो चुनौती रहेको उनले बताएका छन्। केन्द्र बन्द हुनुअघि साविकका गाउँ विकास समितिका सचिव भर्ना तथा छनोट गर्ने अधिकारसमेत लोकसेवा आयोगले दिएको थियो। अहिले उक्त अधिकार कटौती गरिएको छ। अहिले तालीम मात्रै सञ्चालन गर्ने अधिकार प्रदान गरिएको छ। करीब १६ बिघा क्षेत्रफलमा पैmलिएको केन्द्रको अधिकांश भवन मर्मतसम्भारको अभावमा जीर्ण अवस्थामा छन्।
छ वटा भवन मर्मत गरेर सञ्चालनमा ल्याइए पनि अभैm २९ भवन मर्मत गर्न बाँकी छ। एकैपटक १०० जनालाई तालीम दिनसक्ने र बासको व्यवस्थासमेत रहेको केन्द्रलाई अहिले ३० जनालाई तालीम दिने गरी सञ्चालनमा ल्याइएको प्रमुख चौधरीले जानकारी दिएका छन्। उनका अनुसार नेपाल सरकारले केन्द्रको क्षमतालाई क्रमशः बढाउँदै लैजाने नीति लिएको छ। (रासस)