काठमाडौं– बकाइनो मध्य पहाडी भेगमा पाइने र चाँडो बढ्ने एक प्रकारको पतझड रूख हो। बकाइनोकाे मानव स्वस्थ्यमा देखा पर्ने विभिन्न समस्याहरूकाे समाधानका लागि उपयाेगि मानिन्छ। निम्नअनुसारका समस्या समाधानकाे लागि बकाइनाे प्रगाेग गर्न सकिन्छः
दाद आएमा– पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ।
वाथ भएमा– बकाइनोको गेडा रायो सस्र्युमा पिनेर लेप गर्नाले वाथ भएको बिस्तारै ठिक हुँदै जान्छ।
रगत जमेर गाँठो भएमा– बकाइनोको पात पिनेर लेप बनाएर बाँध्नाले छिट्टै घाउ निको हुन्छ।
चिलाउने रोगमा– बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ।
सेतो दूबीमा– १० पात निम, १० पात बकाइनो पिनेर लेदो बनाएर लगाएमा केही समयमा नै ठीक हुन्छ।
पत्थरी रोगमा– बकाईनोको १ चम्चा पातको रसमा आधा चम्चा जवाखार मिसाएर बिहानरबेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थर जान्छ।
जुका परेमा– बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्नुहोस् र चौथाइ भाग बाँकी भएपछि शिशीमा राख्नुहोस् र चिया चम्चाले १-१ बिहानरबेलुका खाने गरेमा केटा–केटी, बुढा बुढी जसको पेटमा जुका परेको छ भने पनि २ – ४ दिनमै ठीक हुन्छ।
स्त्रीको मासिक धर्म बढी भएमा– बकाइनोको पातको रस एक चम्चा बिहान र बेलुका खाने गरेका धेरै रगत बग्ने समस्या ठीक हुन्छ।
महिलाको महिनावारी रोकिएमा– बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहान–बेलुका खाने गरेका रोकिएको महिनावारी खुल्छ र नियमित हुन्छ।
गर्भाशय शुद्धिकरणका लागि– बकाइनोको पातको रस नियमित १–१ चम्चा बिहान–बेलुका दिने गरेमा गर्भाशय शुद्धि हुनेछ।