एजेन्सी– एक गर्भवती महिलालाई सायदै थाहा थियो कि उनी भारतको हावडा एक्सप्रेस रेलमा सवार हुँदा उनका लागि जीवनकै ठूलो उपहार वा सौगात पनि मिल्छ भन्ने।
तर, उनले रेल यात्रामा नै आफ्नो बच्चालाई जन्म दिइन्। यसमा उनलाई त्यहाँ रहेका दुई महिला क्याप्टेनले सहयोग गरे। यी दुई महिला त्यहाँको सैनिक अस्पतालमा काम गर्छन्। भारतीय सेनाले ती महिला र रेल, नयाँ बच्चाको तस्वीर ट्विटरमा सार्वजनिक गर्दै यो जानकारी दिएको हो।
भारतीय मिडियाका अनुसार महिलालाई अचानक लेबर पेन सुरु भएको थियो। त्यही रेलमा सैनिक अस्पतालका दुई क्याप्टेन ललिता र अमनदीप भएकाले उनलाई सहज भयो। सेनाले यी आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो भएको जनाएको छ।