एजेन्सी– नेदरल्याण्डमा १० हजार एक सय ५६ जनाले मर्नका लागि सरकारसँग आवेदन दिएका छन्। इच्छा मृत्युबारे संसदमा स्वास्थ्य मन्त्री तथा डच सांसद ह्यूगो डि जोङ्गले यस्ताे जानकारी दिएका हुन्।
एक रिपोर्ट पेस गर्दै उनले इच्छा मृत्यु माग्नेमा ५५ वर्षभन्दा माथि उमेर भएका मानिस रहेका बताएका छन्। उनले भनेका छन, आफ्नो जिन्दगी आफैँ अन्त्य गर्ने बाटो चाहन्छन्, तर उनीहरूले विरामी भएर यस्तो निर्णय लिन खोजेका होइनन्।’
उक्त रिपोर्ट प्रस्तुत गर्दै जोङ्गले जनताको निर्णय सरकार तथा समाजका लागि बेठिक भउपनि ठूलो मुद्दा भएको बताएका छन्। ‘हामीले यस सामाजिक मुद्दामा गम्भिर र तर्कसंगत फैसला लिनु पर्ने बेला आएको छ,’ उनले भने, ‘केही परिस्थितिवश निराश भएका जनतालाई मद्दत गरी उसलाई जीवन जिउन प्रेरित गर्नु आवश्यक छ।’
सन् २००१ देखि नेदरल्याण्ड सरकारले इच्छा मृत्युमा रोक लगाएको छ। यसअघि मानिसले ७५ वर्ष उमेरमा इच्छा मृत्यु पाउने सम्बन्धी विधेयक पास भएको थियो। सन् २००१ मा बढीभन्दा बढी मानिसले इच्छा मृत्यु चाहेपछि व्यवस्था बन्द गरिएको थियो।