काठमाडौं– नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४५ पैसा रहेको छ।
यस्तै, युरो एकको खरिददर १ सय २५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १ सय २६ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ४९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ ११ पैसा रहेको छ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।