काठमाडौं– मानव शरिरको एक महत्वपूर्ण अंग हो किडनी, तर हाम्रो खानपाको अनियमितताका कारण किड्नी फेल हुने घटनाहरु हिजाेआज झन्–झन् बढदै गएको छ। किड्नी फेल हुनु भनेको किड्नी खुम्चनु हो।
किड्नीमा रहेको नेफ्रोन्स भन्ने अंगले शरिरलाई नचाहिने अनावश्यक फोहोर पिसाबका रुपमा बाहिर पठाउने काम गर्दछ। तर किड्नी खुम्चिएको अवस्थामा भने, यसले राम्ररी फोहोर छान्न सक्दैन। यसो हुँदा हाम्रो शरिरमा रहेको विषाक्त पदार्थ क्रिएटिनिन र युरिया का रुपमा रगतका माध्यमबाट शरिरमा फैलन्छ।
यसैलाई आधुनिक औषधि विज्ञानले किड्नी फेल भएको भन्दछन्। यस्तो अवस्थामा किड्नी फेर्ने बाहेक अर्काे बिकल्प विज्ञान सँग छैन। तर यसकाे उपचारका लागि हामि परि गोलभेडा नामक जंगली बिहीकाे उपयाेग गर्न सक्छाै। याे एक किसिमकाे झार हाे जुन नेपालमा जताततै पाइन्छ। यसलाइ अंग्रेजीमा कमन नाइट सेड र वैज्ञानिक नाम सोलानम अमेरिक्यानम मिल पनि भनिन्छ। याे झारको दाना सानाे र पाके पछि कालो हुन्छ।
यसलाई केटाकटीले यदाकदा खाने पनि गर्दछन्। यसलाइ प्रयाेग गर्न भने यसकाे पुरै बिरुवा उखलेर राम्ररी सफा गर्ने र सफा ठाउँमा पिँध्ने। त्यसपछि २० मि.लि का दरले दिनको दुइ पटक तीन महिना सम्म नियमित सेवन गर्नुपर्छ। त्यसपछि सोनोग्राफी गराएर हेर्नुहोस। रिजल्ट आफै पाउँनुहुनेछ।