काठमाडाैं — बोइलर कुखुराको मूल्य अहिलेसम्मकै उच्च भएको छ। जिउँदो बोइलरको मूल्य दुई सय ७० रुपैयाँ पुगेको छ भने तयारी मासुको मूल्य प्रतिकिलो चार सय पुगेको छ। यो अहिलेसम्मकै उच्च मुल्य हो।
बजारको मागअनुसार कुखुरा नपाएपछि कोल्ड स्टोरले दिउँसै पसल बन्द गर्न थालेका छन्। ‘किसानसँग सस्तोमा किनेर कोल्ड रुममा राखेको फ्रोजन मासुसमेत ठूला व्यापारीले किलोको तीन सय ६० रुपैयाँ भन्न थालेका छन्।
असोजदेखि मंसिरसम्म ब्राइलरको मूल्य प्रतिकिलो दुई सय रुपैयाँसमेत नआउँदा किसानले खोरमा चल्ला हुलेका थिएनन्। त्यतिखेर लागत मूल्य ने दुई सय २० को हाराहारीमा थियो। यस्तै, पछिल्लो समय ब्रोइलर कुखुरालाई ३० दिन पालिसकेलगत्तै रोग व्याधीबाट मर्ने दर अत्यधिक हुँदा किसान निरन्तर घाटामा गइरहेका थिए।
यसअघि २०७४ वैशाखमा करिब एक महिना दुई सय ६० रुपैयाँ मूल्य कायम थियो।