एजेन्सी– अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’ मा ज्याकी श्राफ भित्रिएका छन्। रोहित सेट्टीको निर्देशनमा रहेको यो फिल्ममा ज्याकीको एक महत्त्वपूर्ण भूमिकाका लागि इन्ट्री भएको हो।
चलचित्रको मुख्य नायिकाको रुपमा भने कट्रिना कैफ देखिँदैछिन्। साथै चलचित्रमा कट्रिनासँगै ‘सिंघम’ स्टार अजय देवगण र ‘सिंम्बा’ स्टार रणवीर सिंहलाई पनि देख्न सकिनेछ। ज्याकीले यो फिल्ममा काम गर्न पाउँदा आफूलाई रमाइलो लागेको बताए। उनले आफ्नो भूमिका चाखलाग्दो भएको पनि बताए।
हिन्दी भाषी एक्सन फिल्म भनिएको ‘सूर्यवंशी’ लाई करण जोहर र रोहित सेट्टीले निर्माण गरिरहेका छन्। अर्को वर्ष रिलिज हुने तयारीका साथ फिल्मको छायांकन भइरहेको छ। यस चलचित्रले आगामि मार्चको २७ तारिखलाई आफ्नो रिलिज मिति तय गरेको छ।