काठमाडौं – मानसिक तनावका थुप्रै कारणहरू छन्। हामि हाम्रो जीवन र अवस्थालाई कसरी लिन्छौ त्यो चिजसँग हाम्रो तनाव निर्धारित हुन्छ। यदि तपाईं पनि बढी तनावमा रहनुहुन्छ भने तपाईंको आँखा कमजोर सम्भावना अत्याधिक हुन्छ।
शरीरमा तनावले हर्मोनको स्तर बढाउँछ
शरीरको तनाव प्रतिक्रियाप्रणाली आत्मसीमित हुने गर्छ। तनावका कारण शरीरमा हर्मोनको स्तर बढ्छ र अनुमानित खतरा घटेपछि सामान्य हुँदै जान्छ। यस्ताे अवस्थामा व्यक्ति लगातार मानसिक तथा शारीरिक लडाइँको प्रतिक्रिया गर्न पछि पर्दैन। यस प्रकारका व्यक्ति विभिन्न स्वास्थ्य समस्यामा पर्ने गर्छन्। यसले स्वास्थ्यमा चिन्ता, प्राचन प्रणालीमा समस्या, मुटुरोग, अनिद्रा, तौल बढ्ने, ध्यान केन्द्रित गर्न समस्या हुनेलगायत समस्या निम्तिन्छन्।
कम गर्ने उपायहरुः
१.सुर्तीजन्य पदार्थ सेवन नगर्नुहोस्। यसको सेवनले उत्तेजित बनाउनुका साथै तनावको स्तर बढाउन मद्दत गर्छ।
२. दैनिक ३० मिनेट व्यायाम गर्नुहोस्। यसले तपाईंलाई फिट राख्नुका साथै तनाव पनि कम गराउँछ।
३. खानेकुरा तथा फलफूल, ताजा तरकारीको सेवन गर्नुहोस्। यसमा उपलब्ध हुने एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ।
४. दैनिक ७–८ घण्टा सुत्ने गर्नुहोस्। यसबाट पनि तनावमा कमी आउँछ।
५. कुनै समय आराम पनि लिने गर्नुहोस्। धेरै काम आफ्नो भागमा मात्र नलिनुहोस दोस्रो व्यक्तिका लागि पनि दिनुहोस्। यसले तनावलाई केही हदसम्म घटाउँछ।