काठमाडौं – छालासँग सम्बन्धीत समस्यालाई घरमा सजिलै उपलब्ध हुने सामाग्रीबाट समाधान गर्न सकिन्छ। भान्छामा पाईने कतिपय यस्ता सामाग्री छन्, जसको प्रयोग गर्न जानियो भने धेरै समस्याको समाधान गर्न सकिन्छ।
घरेलु सामाग्रीको मुख्य बिशेषता नै साइडइफेक्ट नहुनु हो। साथै यसको लागि मोटो रकम खर्च गर्न आवश्यकता पनि पर्दैन। बुढ्याैलिपन हटाउने घरेलु उपाए भनेकाे चामलकाे पिठो हाे। जसको प्रयोगले त्वचासँग जोडिएका हरेक समस्याहरुको समाधान गर्दछ।
त्वचाको विभिन्न समस्याको समाधानका लागि चामलको पिठो प्रयाेग विधि
– अनुहारको बुढौलिपन हटाउनको लागि एक उत्तम उपाय हो। चामलको पिठो। यसले अनुहारमा देखिने बुढौलिपन हटाउनको लागि अण्डामा चामलको पिठो मिलाएर त्यसमा दुई थोपा ग्लिसरीन राख्ने प्याक तयार बनाइ अनुहारमा लगाउनुहोस्, लगाएको प्याक सुकेपछि मनतातो पानीले धुने गर्दा अनुहारमा चमक आउनुको साथै जवान पनि देखिन्छ।
– आँखाको तल्लो भागमा देखिने कालो घेरालाई हटाउनको लागि दुई चम्चा चामलको पिठोमा पाकेको केरा वा एक चम्चा बदामको तेल राखेर प्याक तयार बनाई आँखाको कालो घेरा लगाउनुहोस्। यो प्रक्रिया दिनहुँ गर्नाले तपाईको समस्या निर्मुल भएर जान्छ।
– कालो दाग र मुसा आउने समस्याको लागि उपयोगी चामलको पिठोमा एक चम्चा मह र ध्युकुमारीको जेल मिलाएर पेष्ट बनाउनुहोस्। उक्त पेष्टलाई प्रभावित ठाउँमा लगाउनाले कालो दाग र आएको मुसा हराएर जान्छ।
– छालाको कालो धब्बालाई हटाउन एक चम्चा चामलको पिठोमा कागतीको रस मिलाएर पेष्ट बनाउनुहोस्। त्यसपछी तयारी पेष्टलाई डढेको छालामा लगाएर १५–२० मिनेट त्यसै छोडी सुकिसकेपछि हल्का मनतातो पानीले धोएमा यसले राम्रो रिजल्ट दिनेछ।