काठमाडौं– समयभन्दा पहिले जन्मेका बच्चा जन्मिँदा निसासिएमा, मस्तिष्कभित्र रक्तस्राव भएमा, सिथिल गर्नेखालका औषधि प्रयोग भएमा, धेरै सिकिस्त सेप्टेसेमिया भएमा त्यस्ता बच्चामा बढी लुलोपन –हापोटोनिया देखिन्छ। बच्चा सुस्त, खाना नखाने, काप्ने भएमा तथा कमजोर देखिएमा लुलोपनको शंका गर्न सकिन्छ।
शिशुमा लुलोपन भएको कसरी थाहा पाउने?
जन्मने महिनाभन्दा पहिले नै जन्मेका बच्चाहरू कम सक्रिय हुन्छन्। मांसपेशीको टोन गर्भावस्थाको अवधि बढ्दै गएपछि बढ्दै जान्छ।घोप्टो पारेर सुत्दा बच्चा पुतलीजस्तै देखिन्छ।खुट्टा पछाडि तान्छ।सुस्त मनस्थितिका बच्चा लुला भएका हुन्छन्।
यसको कारणहरु
१. जन्मजात लुलोपन
२. क्रोमोजमको गडबडी
३. स्नायुको गडबडी
४. कुपोषणको कडा रूप
५. कर्नइक्टेरस–जन्डिस धेरै मात्रामा भएर दिमागमा थुप्रिनु
६. पाइस्थेनिया ग्रेभिस
७. पोलिनेउराटिस
लुलोपनबाट कसरी बच्ने?
आधुनिक चिकित्साप्रणाली धेरै विकसित भएको देखिए पनि यस रोगको औषधि पत्ता लागेका छैनन्। यदि आमा नै उच्च खतराजन्य अवस्थाकी छिन् भने लुलो, लंगडो बच्चा पाउने कि नपाउने उनको खुसीको कुरा हो। वैज्ञानिक सुत्केरी प्रक्रिया र दक्ष सुडेनी वा डाक्टरबाट सुत्केरी गराएमा जोखिम कम गर्न मद्दत मिल्छ।