काठमाडौं – प्रायः मानिसहरुको नजरमा सबै भन्दा नराम्रो अन्नका रूपमा कोदोलाई मान्छन्। तर कोदोमा चामल र मकैभन्दा ३५ गुणा, गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ। यसमा मकैभन्दा ३.७ गुणा, चामल भन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पनि पाइन्छ।
अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो। यसलाई भविष्यको स्मार्ट खानासमेत भनिएको छ। कोदो हाम्रो मुलुकका लागि फयुचर स्मार्ट फुड रहेको जनाइएको छ। सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पनि पुष्टि भइसकेको छ। कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा पाइन्छ।
नेपाली समाजमा कोदोको उपयोगलाई कुनै बेला गरिबीको प्रतीकसमेत मान्ने गरिएको थियो। यसलाई कुअन्न मान्ने परम्पराले गर्दा पनि यसको गुण अपहेलित भएको छ। कोदोमा फलाम, क्याल्सियमजस्ता म्याग्नेसियम, फोस्फोरस र पोटेसियमजस्ता खनिजको समृद्घ स्रोत पनि हो। यसमा प्रशस्त मात्रामा क्याल्सियम, फाइबरले भरिपूर्ण कोदोमा विभिन्न भिटामिन पाइन्छ। यसको उपयोगले क्यान्सर, मुटुरोग, मधुमेह र कुपोषण बाट बच्न सकिन्छ।
शरीरकाे लागि काेदाे कति फाईदाजनक
– कोदोमा एन्टिअक्सिडेन्ट गुण हुन्छ, मुुटु रोग लाग्न दिँदैन, हाड बलियो बनाउँछ, बालबालिकाको हाड र दाँतको विकासमा सघाउँछ, नराम्रो कोलेस्ट्रोल घटाउँछ, शरीरको विषाक्तता बाहिर निकाल्छ, पाचन तन्त्रलाई तन्दुरुस्त राख्छ, रगतको कमी हुन दिँदैन, कब्जियत हुन पाउँदैन, टाइप २ मधुमेहबाट जोगाउँछ, स्तन क्यान्सर हुन दिँदैन, शारीरिक तौल नियन्त्रित राख्छ।
– रक्तचाप घटाउन प्रभावकारी हुन्छ, मृगौला र कलेजोको रोग लाग्न दिँदैन, रोगप्रतिरोधी क्षमता बढाउँछ, फलफूल र सागसब्जी जतिकै पोषक हुन्छ, ऊर्जाको राम्रो स्रोत हो, पित्त थैलीमा पत्थरी हुन दिँदैन, मीठो निद्रामा सघाउँछ, छाला चम्किलो बनाइराख्छ, घाउ छिटो भरिन सघाउँछ। आमाको दूध बढाउँछ, मोटापनका लागि उपयोगी हुन्छ, सिलिएक रोग वा ग्लुटेन एलर्जीबाट पीडितहरूका लागि उपयोगी हुन्छ, र कुपोषण हुन दिँदैन।