काठमाडौं– आज माघ १९ गते आइतबार नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीको जन्मदिन। नेपाली क्रिकेटलाई सफलताको उचाइमा पुर्याउन सोमपाल कामीकाे पनि महत्वपूर्ण योगदान रहेको छ।
सन् १९९९ मा गुल्मीमा जन्मिएका सोमपालले सन् २०१४ मा युएईविरुद्ध नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। त्यसलगत्तै उनी २०१४ को विश्वकप छनोटको लागि नेपालको राष्ट्रिय टोलीमा समेटिएका थिए।
सोमपाल त्यसपछिको खेलहरुमा नेपाली टिमको महत्वपूर्ण सदस्यका रुपमा निरन्तर खेलिरहेका छन्। टी–२० क्रिकेटमा नम्बर १० मा आएर ब्याटिङ गदै सर्वाधिक ४० रन बनाउने खेलाडीको कीर्तिमान सोमपालको नाममा रहेको छ।
त्यस्तै सोमपाल एकदिवीस क्रिकेटमा नेपालको पहिलो ‘म्यान अफ द म्याच’ बन्ने खेलाडी हुन्। त्यतिमात्र हैन एकदिवसीय क्रिकेटमा एकै खेलमा ५ विकेट लिने सोमपाल नेपालको पहिलो बलर हुन्। सोमपालले नेपालको लागि ६ एकदिवसीय, २८ टी–२० क्रिकेट खेलेका छन्।
उनले एकदिवसीय क्रिकेटमा १३ विकेट लिएका छन् भने टी–२० आईमा २६ विकेट लिएका छन्। एकदिवसीयमा उनको बलिङ इकोनोमीदर ४.९२ तथा टी–२० आईमा ७.१५ रहेको छ।
नेपाली क्रिकेट टोलीका महत्वपूर्ण सदस्य सोमपाल हालै मात्र विवाह बन्धनमा बाँधिएका छन्। प्रतिभा घिमिरेसँग जीवनको नयाँ इनिङ शुरु गरेका सोमपाललाई शुखद दाम्पत्य जीवनको शुभकामना! तिम्रो खेल जिवनसँगै व्यक्तिगत, पारिवारीक तथा सामाजिक जीवन सँधै सफल रहोस्। सुस्वास्थ्य, दीर्घायुको कामनासँगै ह्याप्पी बर्थ डे सोमपाल!