काठमाडौं – राष्ट्रियसभा बैठकमा काठमाडौंमा खोलिएका फिटनेस सेन्टरमाथि राष्ट्रियसभा सदस्य विमला पौडेल राईले प्रश्न उठाएकी छिन।
आइतबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले फिटनेस सेन्टरको मापदण्डमाथि प्रश्न उठाएकी हुन्। ‘यो फिटनेस सेन्टरहरु खोल्ने कसले हो, यसको रजिष्टेशन कहाँ हुन्छ, यसको मापदण्ड के हो ? कर्मचारीले कति पढेको हुनुपर्छ ?’ उनले प्रश्न गरिन्।
गत बुधबार ललितपुरको फिट एण्ड फाइन जिमखानास्थित साउनामा वाफ लिन गएका ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्दै आएका हस्त गर्बुजा मगर र नेत्रकुमारीको मृत्यु भएको थियो। उनले यही दम्पत्तिको मृत्यु भएको प्रशंग उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्।
बैठकमा उपस्थिति कानून मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई प्रश्न गर्दै उनले भनिन्, ‘दुई जनाको मृत्यु भएपछि हाम्रो आँखा खुल्नु पर्ने हो। फिटनेस सेन्टर मापदण्डअनुसार खुलेका छन् कि छैनन् ?