काठमाडौं– ग्यास भरिने, कब्जियत हुने, पखला लाग्ने जस्ता पेट समस्यालाई सामान्य ठान्छौँ। खानपान नमिल्दा यस्ता समस्या उत्पन्न हुनसक्छ। यो अवस्था निरन्तर रहेमा सर्तक हुनैपर्छ।
चिकित्सकिय भाषामा इरिटेबल बाउल सिन्ड्रोमलाई स्पैस्टिक कोलन, इरिटेबल कोलन तथा म्युकस कोइलटिस पनि भन्ने गरिन्छ। यो समस्या आन्द्राको गम्भीर समस्या भएकोले लामो समयसम्म उपचार गर्नुपर्ने हुन्छ।
यसको लक्षणहरु
१. भोक नलाग्ने
२. कब्जियत हुने
३. पखाला लाग्ने
४. पेटमा ग्यास भरिनु
५. तल्लो पेट दुख्ने
६. अमिलो पानी आउने
७. पेटमा आउ पर्ने लगायतको लक्षण देखापर्छ।
यस कारण हुन्छ पेट बाउडिने समस्या
आन्द्राको मांसपेशीले राम्ररी काम नगर्दा समस्या निम्तने गर्छ। कयौ मानिसलाई तनावका कारण यस्तो समस्या हुने गर्छ। तनाव भएमा एड्रिनल ग्रन्थीबाट एड्रिनल तथा कार्टिसाल नामको हर्मोनको श्राव हुन्छ।
पाचन यन्त्रमा जलन हुनथाल्छ, जसले गर्दा पाचन नलीमा सुजन हुन्छ, यसका कारण शरीरले पोषण तत्व पाउदैन। संवेदनशील आन्द्रा वा कमजोर रोग प्रतिरोधक क्षमताका कारण पनि यस्ता समस्या पैदा हुन सक्छ। पेटमा व्याक्टेरियाको संक्रमणका कारण यस्तो समस्या हुन सक्छ।
कसरी थाहा पाउने ?
दिशामा रगत देखिएमा, तौल अचानक कम भएमा, खानमन नलागे, तथा विरामीलाई कैसर देखा परेको छ भने यसको उचित जाँच गर्नु उपर्युक्त हुन्छ।
यसको उपचार विधिहरु
१. यो रोग लागेमा सन्तुलित तथा पौष्टिक आहार खान तथा नियमित रुपमा खान चिकित्सकहरु सल्लाह दिने गर्छन्।
२. भोकै बस्नुले पनि समस्या निम्त्याउन सक्छ।
३. यस्तो समस्या भएमा जंकफुडबाट टाढै बस्नुपर्छ। फाइबरयुक्त आहारको सेवन उचित मानिन्छ।
४. विरामीलाई ज्वरो आउने तथा पखालाका कारण शरीरमा पानीको कमी हुनाले निकै समस्या हुने गर्छ।
५. इरिटेबल बाउल सिन्ड्रोममा विरामीलाई तनाव समेत हुनसक्छ, यसकारण यो समस्या गम्भीर बन्न सक्छ।