काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसदहरुलाई आइतबार साँझ ६ बजे रात्रिभोज दिइने भएको छ। नेकपाका एक केन्द्रीय सदस्यको अनुसार साँझ ६ बजे रात्रिभोजका लागि सबै केन्द्रीय सदस्य तथा सांसदहरुलाई बालुवाटारमा निमन्त्रणा गरिएको हो।
जारी केन्द्रीय समिति बैठक आइतबारै सक्ने तयारी छ। बैठक सकिएपछि नेताहरु जिल्ला फर्कने भएकाले आजै सबैलाई समेटेर रात्रिभोजको व्यवस्था गरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
केन्द्रीय समिति बैठकमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भइरहेका बेला नेतृत्वले नेताहरुलाई भोज खुवाएर उनीहरुको आक्रोशलाई मत्थर पार्ने प्रयास गरिएको हुनसक्ने एक केन्द्रीय सदस्यले बताए।