काठमाडौं– चर्चित चिनियाँ मोबाइल ब्राण्ड साओमीले नेपाली बजारमा भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो रेडमी सिरिजको लोकप्रिय स्मार्टफोन के २० प्रो को मूल्य घटाएको छ।
शाओमीले मूल्य घटाएसँगै रेडमी के २० प्रोको मूल्य ४६ हजार ९९९ रुपैयाँ कायम गरेको छ। यसअघि यो स्मार्टफोनको मूल्य ४९ हजार ९ सय ९९ रुपैयाँ रहेको थियो। कम्पनीले सिमित अवधिको लागि रेडमी के २० प्रोको ८ जीबी २५६ जीबी भर्सनको मूल्यमा ३ हजार रुपैयाँ घटाएको हो।
शाओमी नेपालले नयाँ डिस्काउन्ट मूल्यमा रेडमी के २० प्रो स्मार्टफोन आफ्ना मनपर्ने भ्यालेन्टाइनहरुका लागि उपहार दिन सकिने गरि अफर ल्याएको जानकारी दिएको छ। यो अफर साओमीका ९०० भन्दा बढि आधिकारीक स्टोरहरु र दराज तथा सस्तो डिलमा फरवरी १४ सम्म उपलब्ध रहेको जनाएको छ।
रेड्मी के २० प्रोमा समावेश फिचर्स
डिस्प्लेः ६.३९ इञ्च एमोलोइड डिस्प्ले
ट्रिपल क्यामराः ४८एमपी/१३एमपी/८एमपी
रियर क्यामराः २०एमपी
एआई फेस अनलक
प्रोसेरः क्वालकोलम स्न्यापड्रयागन ८५५
ब्याट्रीः ४ हजार एमएएच (फास्ट चार्ज)
स्टोरेजः ८जिबी/२५६जिबी