काठमाडौं– क्यान्सर आफैमा डरलाग्दो रोग हो। यो उपचार नहुने रोग भने होइन। सुरुवाती चरणमा उपचार थालियो भने क्यान्सर निको हुन्छ। हामीले आफुलाई क्यान्सर लागेको त्यसबेला मात्र थाहा पाउँछौं, जतिबेला यसको उपचार जटिल बनिसकेको हुन्छ।
नेपालमा अझैपनि ९० प्रतिशत क्यान्सर रोगी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेका छन्।
स्वस्थ कोशिकामा क्षति
क्यान्सरमा शरीरका असामान्य कोशिकाहरु अनियन्त्रितरुपमा विभाजित हुन थाल्छन्। यसले स्वस्थ कोशिकाहरुलाई पनि क्षति र्पुयाउँछ।
ट्युमरको रुपमा सुरु
शरीरको जुनसुकै भागमा क्यान्सर हुनसक्छ। क्यान्सर ट्यूमरको रुपमा हुन्छ।
क्यान्सर अनुवंशिक कारण र खानपानले
क्यान्सरमा धेरै कम घटना मात्र आनुवंशिक कारणसँग जोडिएको हुन्छ। अनुसन्धानबाट पुष्ट भइसकेको छ कि अधिकांश बिरामीलाई आफ्नो आमाबाबुबाट क्यान्सर सरेको हुँदैन। एकै प्रकारको खानपिन हुने भएकाले परिवारका सदस्यहरुलाई क्यान्सरले छुने सम्भावना पनि हुन्छ।
प्रदूषण वातावरण
प्रदूषित वातावरणले गर्दा क्यान्सरको सम्भावना बढेको छ। सास लिने हावा, पिउने पानी र खानेकुरा अत्यन्त महत्वपूर्ण छन्।
धुमपानले क्यान्सरको उच्च जोखिम
९० प्रतिशत बढि फोक्सोको क्यान्सर धुम्रपानका कारण हुन्छ। क्यान्सरका कारण हुने २२ प्रतिशत मृत्यु फोक्सोको क्यान्सरले हुन्छ। सुर्ति सेवन सबैभन्दा ठूलो कारण हो। फोक्सोको क्यान्सरमा बाँच्ने सम्भावना २० प्रतिशतभन्दा कम हुन्छ।
निद्रा नलिनेलाई मलाशयको क्यान्सर
राति पर्याप्त रुपमा निदाउनु आवश्यक छ। दैनिक ६ घन्टाभन्दा कम सुत्ने व्यक्तिहरुलाई मलाशयको क्यान्सर हुने खतरा हुन्छ।
आठ जनामा एकको मृत्यु क्यान्सरले
आठ जनामध्ये एक जना क्यान्सरका कारण मर्छन्। मृत्यूको संख्या मलेरिया, टीबी र एड्सका कारण हुने संख्या बढि हुन्छ।
तीन करोड बढी क्यान्सरलाई जित्न सफल
३ करोड ३० लाखभन्दा बढि बिरामी क्यान्सरको पञ्जाबाट फुत्किन सफल भएका छन्।
क्यान्सरअघि स्क्रिनिङ
फोक्सो, मलाशयको क्यान्सरको लक्षण त्यतिबेला मात्र देखिन्छ जब शरीरका अन्य हिस्साहरुमा फैलिइसकेको हुन्छ। यस्तोमा क्यान्सरअघि स्क्रिनिङ आवश्यक छ।
छालाको क्यान्सर
छालाको क्यान्सर सबैभन्दा आम हुन्छ। हरेक वर्ष छालाका क्यान्सरका रोगीहरु बढिरहेका छन्।
३० बर्षपछि गर्भवती
३० बर्षपछि गर्भवती हुने महिलालाई ब्रेस्ट क्यान्सर हुने सम्भावना हुन्छ। विवाहित पुरुषहरुलाई भन्दा अविवाहित पुरुषहरुलाई क्यान्सरको बढि खतरा हुन्छ।