काठमाडौं – जारी केन्द्रीय समिति बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विपद व्यवस्थापन संगठनका इन्चार्ज र सहइन्चार्जले विपद जोखिम न्युनिकरणका लागि विशेष प्रस्ताव पारित गर्न माग गरेका छन्।
आइतबारको बैठकमा केन्द्रीय सदस्य समेत रहेका नेकपाका विपद व्यवस्थापन संगठनका इन्चार्ज डा.गंगालाल तुलाधर र सहइन्चार्ज सुर्य सुवेदी पथिकले नोवल कोरोना भइरसले महामारी र विपदको रुप नलिओस् भन्नाका लागि बैठकमा लिखित माग राख्दै यस्तो प्रस्ताव गरेका हुन्।