एजेन्सी– एप्पलले ल्याउन लागेको आइफोन ९ अहिले सम्मकै सस्तो मूल्यको आइफोन हुने बताइएसँगै यो निकै चर्चाको विषय बनेको छ। अब भने आइफोन एसईको अपग्रेड भर्सनको रुपमा नयाँ बजेट आइफोन अर्थत आइफोन ९ ल्याउने निश्चित भएको छ।
हालै आएका नयाँ रिपोर्टहरुअनुसार आइफोन ९ को स्पेशिफिकेसन र लन्च हुने मितिको जानकारीहरु बाहिर आएका छन्। एप्पलले आइफोन एसईको अपग्रेडको रुपमा आइफोन ९ ल्याउन लागेसँगै यसको परीक्षण उत्पादन पनि शुरु भईसकेको रिपोर्ट आएको हाे।
आइफोन एसई २ भनेर चिनिँदै आएको सो स्मार्टफोन यो वर्षको मार्च महिनाभित्र लन्च हुने अपेक्षा गरिएको छ। आइफोन ९ यो वर्षको पहिलो अर्ध वार्षिकमा नै आउनेछ भने यो हेर्दा आइफोन ८ को जस्तै हुनेछ।
यद्यपि यसको आन्तरिक डिजाइन भने आइफोन ११ सिरिजबाट प्रभावित हुने बताइएको छ। आइफोन एटमा जस्तै नयाँ आइफोनमा पनि ४.७ इन्चको एलसिडी डिस्प्ले हुनेछ। जसमा टच आइडीको साथमा होम बटन तथा निकै पातलो भेजल्स रहनेछ।
उद्योगका स्रोतहरुलाई उदृत गर्दै आएको रिपोर्टअनुसार आइफोन ९ को अर्डर ३ करोड यूनिट भन्दा बढि रहेको छ। कम्पनीले आइफोन ९ को मास प्रडक्सन भने फरबरीको मध्यतिरबाट शुरु गर्ने अनुमान गरिएको छ।
यो स्मार्टफोन इमर्जिंग बजारहरुलाई केन्द्रित गरेर लन्च गरिने छ भने यसको मूल्य ३ हजार यूआनको हाहारी अर्थात ४३२ अमेरिकी डलर बराबर हुने रिपोर्टमा उल्लेख छ।
यसका साथै कम्पनीले यो फोनको प्लस भेरिएन्ट पनि ल्याउने योजना बनाएको छ। नयाँ आइफोन ९ प्लस अर्थात आइफोन एसई २ प्लसमा फूल स्क्रीन डिस्प्ले हुनेछ भने त्यसमा फेस आईडी सपोर्ट हुनेछैन्।
त्यसैगरि यसको स्क्रीन साइज ५.५ देखि ६.१ इन्चको बिचमा हुने अनुमान गरिएको छ। फेसआईडी नहुनेहुँदा कम्पनीले फेरी फिंगरप्रिन्ट सेन्सर नै ल्याउनसक्नेछ र यसलाई पावर बटनभित्र इन्टिग्रेट गर्न सकिने अनुमान छ।
त्यसैगरि कम्पनीले यसको मूल्य सस्तो बनाउनका लागि यसमा एलसिडी प्यानल प्रयोग गर्नेछ। आइफोन ९ प्लसमा पनि एप्पलको ए १३ बायोनिक चीपसेट हुनेछ भने यसमा कस्तो सामाग्री हुनेछ भन्ने जानकारी छैन्। यसबाहेक आइफोन ९ प्लस सन् २०२० को अन्त्यतिर वा सन् २०२१ को शुरुवातमा मात्रै लन्च हुने बताइएको छ।