काठमाडौं – महिलाहरुको लागि श्रृंगार अनिवार्य हो। आफ्नो सौन्दर्यलाई बढि चनाखो राख्नाले उनीहरु श्रृंगारपटारमा बिशेष ध्यान दिने गर्दछन्। सुन्दरी हुनु महिलाका लागि बिशेष गुण पनि हो। बिहान उठे पछि प्रायः महिलाहरु आफ्नो श्रृंगारपटारमा नै समय बिताउने गर्दछन्।
महिलाहरु मेक अप गर्छन्, मेक अपमा पनि लिपस्टिकको भूमिका महत्वपुर्ण नै हुन्छ। तर आफूले लाउने लिपिस्टिकले स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ भन्ने बारेमा उनीहरुलाई ख्यालै हुदैन्। एक सर्बेका अनुसार लिपिस्टिक प्रयोग गर्ने महिलाको दिमागी सक्रियता नै कमजोर हुँदै गएको फेला परेको थियो। लिपिस्टिकमा एक किसिमको सीसा प्रयोग हुन्छ।
जुन मानव स्वास्थ्यका दृष्टिकोणले उच्च हानिकारक हुन्छ। नेपालमा पनि केही समय अघि सरकारले सौन्दर्य सामग्रीमाथी हुने रसायनको प्रयोगबारे परीक्षण गरेको थियो, भने चिकित्सकहरुका अनुसार सीसा मानवीय स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ। मानवीय स्वास्थ्यमा नियमित सम्पर्कमा रहेका कारण क्यान्सर तथा दिमागी असरको जोखिम हुने विशेषज्ञहरुले जनाएका छन्।