एजेन्सी– राइड सेयरिङ एप उबरले एकै दिन २ सय ४० अकाउण्ट बन्द गरेको छ। चीनमा फैलिरहेको कोरोना भाइरसका कारण कम्पनीले मेक्सीकोका २ सय ४० ड्राइभरको अकाउण्ट हटाएको हो।
हटाइएका चालकहरु कोरोना भाइरसबाट संक्रमित व्यक्तिसँग पछिल्लो समय सम्पर्कमा रहेको पाइएकाले उनिहरुका अकाउण्ट हटाइएको कम्पनीले जनाएको छ। कम्पनीले कोराना भाइरस फैलिन निदन भन्दै यस्तो निर्णय लिएको हो।
हालसम्म मेक्सीकोमा कोरोना भाइरस प्रमाणीत भएको छैन। तर, पनि चालकहरुको सम्पर्क कोरोना भाइरसबाट संक्रमित व्यक्तिसँग हुने गरेकाले त्यस्ता चालकलाई तत्कालका लागि हटाइएको कम्पनीले जनाएको छ।