एजेन्सी– उत्तर प्रदेशको बाराबंकी जिल्लाका एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेपछि श्रीमतीको टाउकोसहित पुलिस चौकी पुगेका छन्। पुलिस चौकी पुग्नुअघि उनले काटिएको टाउको लिएर पूरा शहर घुमेका थिए। आज तकको समाचार अनुसार ती व्यक्तिको नाम अखिलेश रावत हो।
श्रीमतीको टाउको हातमा लिएर पुलिस थाना पुगेका व्यक्तिलाई देखेर सुरुमा पुलिससमेत आत्तिएको समाचारमा जनाइएको छ। स्रोतका अनुसार ती व्यक्ति पुलिस चौकीमा पुगेपछि पुलिसले उनको हातबाट टाउको लिन खोज्दा उनले राष्ट्रगान गाएका थिए त्यसपछि ‘भारत माता की जय’ नारा लगाएका थिए।
उनीहरुको ३ वर्ष अघिमात्र विवाह भएको र ६ महिना अगाडी एक छोरी जन्मेकी थिइन्। त्यो छोरीको पनि घाँटी थिचेर मारेका जनाइएको छ। माइतीको अनुसार ज्वाँइ जहिलो सुनको सिक्री नदिएको भन्दै छोरीसँग झगडा गर्ने गर्थे। साथै उनले तान्त्रीकमा पनि विश्वास गर्ने बताइएको छ। त्यस्तै उनको हत्यामा उनीहरुको छिमेकी पनि संग्लन रहेको आरोप लागाइएको छ।