एजेन्सी– माइक्रोसफ्टले आफ्नो अपरेटिंग सिस्टम विण्डोज १० लन्च गरेको करिब ५ वर्षमा नै १ अर्ब डिभाइसहरुमा सो सिस्टम प्रयोग भईरहेको जानकारी दिएको छ।
माइक्रोसफ्टले हालै मात्र आफ्नो पुरोना विण्डोज ७ भर्सनको सेक्यूरिटी अपडेट नआउने घोषणा गरेको थियो भने विण्डोज ७ बाट विण्डोज १० मा निशुल्क अपग्रेड हुने सुविधा दिएको छ, जसले गर्दा कम्पनीलाई प्रयोगकर्ताहरुको संख्या बढाउन सहयोग पुगेको हो।
सन् २०१५ मा माइक्रोसफ्टले आफ्नो विण्डोज १० लन्च गरेको थियो। कम्पनीको यो डेस्कटप अपरेटिंग सिस्टम विश्वमै सबैभन्दा धेरै प्रयोगहुने सिस्टममा पर्दछ र अन्य अपरेटिंग सिस्टमहरु म्याकओएस र लीनक्स यो भन्दा धेरै पछाडि रहेका छन्।
गएको सेप्टेम्बर मात्र माइक्रोसफ्टले ९० करोड भन्दा बढि यूजर्स विश्वभर रहेको जानकारी दिएको थियो भने केबल ५ महिनाभित्र कम्पनीले १ अर्ब यूजर्स पुगेको घोषणा गरेको हो। यो प्रयोगकर्ताहरुको संख्यामा पर्सनल कम्प्यूटरहरुदेखि ट्याबलेट, एक्सबक्स वन गेम कन्सोलहरु समावेश छन्।
यो जानकारी माइक्रोसफ्टको इटालियन साइटबाट आएको हो जहाँ कम्पनीले ‘विलियन थ्यांक’ यूजर्सलाई दिएको छ।