काठमाडौं– महिलाहरूमा हुने अब्स्टे्रटिक फिस्टुला बच्चा पाउँदाको जटिलता वा यौन हिंसाका कारण हुने गर्दछ। फिस्टुलाको समस्या भएमा योनीबाट निरन्तर रुपमा पिसाब वा दिसा चुहिने समस्या हुन्छ।
रक्तसञ्चार बन्द भएको भागको कमलो मासु मर्छ र त्यहाँ प्वाल पर्छ। त्यस्तो प्वाल पिसाब थैली र योनीमार्गको विचमा परेको छ भने निरन्तर पिसाव चुहिन्छ। यदी प्वाल योनीमार्ग र दिसा थैलीको विचमा छ भने योनीमार्गबाट दिसा चुहिन्छ। यस्तो अवस्थामा योनीमार्गबाट दिसा र पिसाब दुवै चुहिने समस्या हुन्छ।
फिस्टुला किन हुन्छ?
धेरैजस्तो गर्भवती हुँदा नियमित स्वास्थ्य परीक्षण नगराउने महिलाहरुमा फिस्टुलाको समस्या हुने सम्भावना बढी हुन्छ। फिस्टुला हुनुको कारण सुत्केरी गराउँदा १८ घण्टा भन्दा लामो व्यथा लाग्नु र योनीमार्गमा बच्चाको टाउको रहने अवस्था हो।
उपचारहरुः
फिस्टुला निको हुने समस्या हो।यसको उपचार शल्यक्रिया गरेर गरिन्छ। एक सय जना महिलामा ९५ जना महिलाको फिस्टुलाको समस्या उपचारबाट निको हुने गरेको छ। यसको समस्या भएमा चिकित्ससँग परामर्श लिएर उपचार गर्नुपर्छ।
फिस्टुला हुन नदिनः
१. कम उमेर बच्चा नजन्माउने,
२. कम उमेरमा विवाह नगर्ने,
३. बालिका तथा किशोरीलाई सन्तुलित आहार खुवाउने,
४. पर्याप्त मात्रामा पोषिलो र सन्तुलित आहार खुवाउने,
५. नियमित स्वास्थ्य जाँच गराउने,
६. सुत्केरी व्यथा लागेमा स्वास्थ्य संस्थामा लैजानाले,
७. दक्ष चिकित्सक वा स्वास्थ्यमर्कीको सहयोगमा बच्चा जन्माउने,