काठमाडाैं– नेपाली लेग स्पिनर सन्दीप लामिछानेले घरेलु मैदानमा हुने अमेरिका र ओमानसंगको सिरिजका क्रममा आफुले लिने हरेक विकेट बराबर ८ हजार ८ सय ४८ रूपैयाँ निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई दिने घाेषणा गरेका छन्।
सन्दिपले आफ्नो फेसबुकमार्फत सिरिजमा आफुले लिने प्रत्येक विकेट बराबर सगरमाथाको उचाई बराबरको सहयोग निर्माणाधिन रंगशालालाई सहयोग गर्ने जनाएका हुन्। सिमित भौतिक संरचनामा नेपाली खेलाडीले क्रिकेट खेल्नुपर्ने अवस्था अन्त्यका लागि बन्न लागेको सुबिधा सम्पन्न अन्तराष्ट्रिय क्रिकेट मैदानमा आफ्नो पनि सहयोग होस भन्ने उदेश्यले आफुले सहयोग गर्न लागेको उनले जानकारी दिएका छन्।
धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेकाे रंगशालालाई विभिन्न व्यक्तिहरूले सहयाेग गर्ने क्रम जारी छ। स्तरीय रंगशाला निर्माणका लागि पैसा संकलन गर्ने उद्देश्यले महायज्ञसमेत गरीएकाे छ।