काठमाडौं - एफवान सफ्टको सब्सिडरी कम्पनी इसेवा मनी ट्रान्सफरले राष्ट्र बैंकबाट रेमिटेन्स कारोबारका लागि अनुमति पाएको छ। अनुमति पाएसँगै कम्पनीको प्रबन्ध निर्देशकमा अजेश कोइराला नियुक्त भएका छन्।
कोइरालाले रेमिटेन्स क्षेत्रमा १५ वर्षभन्दा बढी काम गरिसकेका छन्। सिटी आउनुअघि उनी ग्लोबल आइएमई बैंकमा रेमिट्यान्स प्रमुख पदमा कार्यरत थिए।
एक महिनाभित्र इसेवाले रेमिटेन्स कारोबार गर्ने उनले बताए। इसेवामा प्रत्यक्ष खाता खोल्नेको संख्या करिब ३० लाख र अप्रत्यक्ष रुपमा एक करोड रहेकाले रेमिटेन्स कारोबार डिजिटल माध्यमबाट गर्न सकिने उनको दाबी छ। इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेकोले रेमिटेन्स कारोबार विस्तारका लागि समस्या नहुने कोइरालाले बताए।
उनका अनुसार बाहिरका राम्रा रेमिटेन्स कम्पनीको सहकार्यमा डिजिटल प्रविधिमार्फत नेपालीको हातमा र्पुयाइने छ। एफवान सफ्ट अन्तर्गतको ११ वर्ष अगाडि स्थापना भएको इसेवाको देशभर करिब ८० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत विदेशबाट ल्याएको रकम आफन्तसम्म र्पुयाउने कोइरालाले बताए।