डोटी– सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले गाउँका विकास निर्माणमा स्थानीय चनाखो हुनपर्ने बताएका छन्।
जोरायल गाउँपालिकाद्वारा आयोजित ‘दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’को आइतबार उद्घाटन गर्न उनले गाउँमा हुने विकास निर्माणदेखि अन्य काममा खबरदारी गर्नुपर्छ भनेका छन्।
उनले भने,‘स्थानीय तहमा भइरहेका विकास निर्माणका काममा नागरिकको खबरदारी नभए प्रभावकारी हुँदैन,नागरिकले सचेत हुनु जरुरी छ।’ प्रतियोगितामा गाउँपालिका भित्रका ११ विद्यालयको सहभागिता रहेको छ। रासस