एजेन्सी– धर्म अनुसार कुन कुन काम सही छ, यदपि कस्ता काम गर्नबाट मानिस बच्नुपर्छ भनेर ग्रन्थमा हामीलाई कथामार्फत् बताइएको हुन्छ।
यस्तै एउटा ग्रन्थ छ, गरुड पुराण, उक्त पुराणमा पनि जीवनलाई सुखी र सफल बनाउने सूत्र बताइएको छ, जुन पालना गर्दा हाम्रा विभिन्न समस्या हट्न सक्छ। गरुड पुराणको आचारकान्डमा यस्ता केही गलत काम बारे जानकारी दिइएको छ की, जसका कारण जीवन दुःखी हुने गर्छ।
धेरै चिन्ता लिन बाट बच्नुहोस्ः
जो व्यक्ति अत्यधिक चिन्ता गर्छन्, उसको अनुहारको चमक र ऊर्जा समाप्त भएसँगै काममा पनि बाधा व्यवहोर्नुपर्छ। यस्तो स्थितीमा काम गर्दा पनि सफलता हासिल गर्न सकिन्न्।
क्रोध नगर्नुहोस्ः
क्रोधलाई हाम्रो सबैभन्दा ठूलो शत्रु मानिएको छ। क्रोधमा भनिएको कुराले सम्बन्ध खराब हुन्छ भने स्वास्थ्यमा पनि नकारात्मक असर पर्छ। यस्तो बानीका कारण बनिसकेको काम पनि बिग्रने गर्छ।
अपरिचित भयबाट बच्नुहोस्ः
जुन व्यक्तिमा असुरक्षाको भावना हुन्छ, उनीहरु कुनै पनि काम पूर्ण शक्ति प्रयोग गरेर गर्न सक्दैनन्। यस्तो स्थितीमा सफलता अझै टाढा हुने गर्छ। यस्तो डरले निद्रा कम लाग्न थाल्छ भने, स्वास्थ्य कमजोर हुनाले यसबाट बच्नु जरुरी हुन्छ।
अल्छी नगर्नुहोस्ः
यदि जीवनमा सुख र सफलता चाहनुहुन्छ भने अल्छी हुनबाट बच्नुहोस्। कुनै पनि काममा अल्छी नगर्नुहोस्। शरीरलाई लामो समयसम्म स्वस्थ राख्नका लागि हरेक दिन बिहान चाँडै उठ्नुहोस् र केही शारीरिक मेहनत वा योग गर्नुहोस्।
इर्ष्या बच्नुहोस्ः
धेरै मानिसहरु आफ्ना साथीको इर्ष्या गर्छन् र उनीहरु सफल, सुखी भएको देखेर दुःखी हुन्छन्। यदि तपाईको पनि यस्तो बानी छ भने, यसले हाम्रो जीवनबाट सुख खोस्ने गर्छ। इर्ष्या गर्दा चिन्ता बढ्छ र चिन्ता गर्दा दुःख बढ्छ।
गलत कुरा नसोच्नुहोस्ः
जो व्यक्ति सधैं गलत कुरामा अर्थात् अपवित्र विचारमा अल्झिएका हुन्छन्, उनीहरुको जीवनमा सधैं अशान्तिले डेरा जमाएको हुन्छ। यी मानिसहरु गलत विचारका कारण कसैलाई पनि सम्मान दिँदैनन्। नकारात्मक विचारका कारण सधैं दुःखी रहन्छन्।