सिरहा– सिरहा धनगढीमाई नगरपालिका–११ सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा १ सय ३५ ले स्वास्थ्य जाँच गराएका छन्।
धनगढीमाई नगरपालिका–११ को आयोजनामा सम्पन्न शिविरमा मधुमेह, रक्तचाप, थाइराइड, पिसाब तथा स्त्रीरोग सम्बन्धी वढी विरामी भेटिएको नगरपालिका ११ का वडाध्यक्ष गङ्गाराम यादवले जानकारी दिएका छन्।
शिविरमा डा. सुभाष चौधरी, डा लुस्युन यादव , अनमी पार्व्ति चौधरी, चन्दा चौधरी लगायतले सेवा प्रदान गरेका थिए। वृद्धवृद्धा, दलित र विपन्न परिवारलाई गाउँ बस्तीमा स्वास्थ्य सेवा पुर्याउन आधारभूत विद्यालय नैनपुर बरगाछी चौतारामा शिविर सञ्चालन गरिएको थियो। रासस