काठमाडौं– पछिल्लो समय स्मार्ट फोनमा नै सारा संसार जोडिएको कारण मोबाइल फोनमा दिन बिताउनेको जमात ठूलो रहेको छ। काम भएन भन्दै धेरै समय फोनमा नै सामाजिक सञ्जाल चलाउने जमात बढ्दो छ। तर त्यसले स्वास्थ्यमा समेत समस्या पार्न सक्छ।
भारतमा पछिल्लो पटक एउटा मोबाइल फोनमा आम मानिस कति समय बिताउँछन् र राज्यको नीति निर्माणमा कति सहयोग पुग्छ भनेर त्यस्तो सर्वेक्षण गर्न थालेको छ। नागरिक बेकाम नबसून् तथा उनीहरु कुनै न कुनै रुपमा काममा व्यस्त हुन् भन्ने ध्येयका साथ त्यस्तो सर्वेक्षण सुरु गरिएको हो।
नेपालमा भने यस्तो खालको सर्वेक्षण हालसम्म हुन सकेको छैन। त्यस्तो सर्वेक्षणले नागरिकको चाहना के कस्तो रहेछ भन्ने पत्ता लगाउन पनि सकिने र नीति निर्माणमा समेत त्यसले प्रभाव पार्ने विश्लेषणमा साथ प्रक्रिया सुरु गरिएको हो।
सर्वेक्षणमा मात्र होइन, तपाईँ पनि कति समय गफगाफमा बिताउनु हुन्छ वा कति समय गफ गरेर समय खर्च गर्नुहुन्छ, त्यो मात्र होइन तपाई रातमा कति समय सुत्नुहुन्छ। यो स्वास्थ्य सँग पनि जोडिन्छ र यस्तो खालको सर्वेक्षण संसारमा १०० बढी देशमा हुने गरेको छ।
त्यसैले आम मानिसको स्वास्थ्य, समय, खर्चको उपभोग के कसरी गरिन्छ भन्ने विषयमा राज्यले नीति तथा अन्य कानूनी आधार तयार पार्न त्यस्तो सर्वेक्षण गरिएको हो।