एजेन्सी– भारतको राजस्थानको उदयपुर जिल्लामा स्कुलबाहिर एक २७ वर्षीया शिक्षिकाको हत्या भएको छ। उनको हत्या उनकै भिनाजुले गरेको बताइएको छ।
शनिबार साँझ स्कुलबाहिर बस कुरिरहेकी नितू पलुनालाई उनका भिनाजुले तरबारले आक्रमण गरेर हत्या गरेका हुन्।
उनका भिनाजुलाई आफ्नो वैवाहिक जीवनमा उनले डिस्टर्ब गरिरहेको महसुस भएकाले यो हत्या भएको हुनसक्ने त्यहाँको प्रहरीले जनाएको छ। उनको पोस्टमार्टम गरेर अन्तिम संस्कार गरिएको छ।