नेपाली समाजका उदाहरणीय कर्मशील व्यक्ति कर्ण शाक्यको कोष शीर्षकको पुस्तक युवाहरुमा सकारात्मक सोचको विकास गर्ने उद्देश्य राखी तयार पारिएको महत्वपूर्ण कृति हो। कसको अर्थात् कर्ण सकारात्मक कोष अभियानको विस्तारका लागि आफ्नो अवधारणा देशव्यापी बनाउन उनले कोष कृतिमार्फत यस अभियानका उद्देश्यहरु व्यावहारिक चिन्तनसाथ प्रस्तुत गरेका छन्। उमेरले ७५ वर्ष पुगेका शाक्यमा जीवनलाई भोग्ने र हेर्ने दृष्टि उदार रहेको पाइन्छ। यसैले उनी जे गरिरहेका छन्, मनलाई नढाँटी मस्तिष्कको इमानदारीमार्फत गरिरहेका छन्। सोच, खोज, मोज, म सक्छु र कोष–जीवनपछिको जीवनजस्ता कर्मप्रति प्रेरित गर्ने र मार्ग निर्देश गर्ने पुस्तकहरुमार्फत शाक्यले नेपाली समाजमा व्याप्त आर्थिक अन्योल र युवाहरुको पलायन जस्ता समस्या समाधानमा नेतृत्वदायी आलेख प्रस्तुत गरेका छन्।
सर्वत्र कर्मका हत्केलाहरू फिँजाउँदै औँलाका औजारहरुलाई हृदयको न्यानो सकारात्मक सोचले धार लगाउँदै आएका शाक्यले आफूले सिर्जेको सपनाको भूगोलमा नैतिक आदर्शको गीत गुन्जियोस् भन्ने पवित्र चाहना राखेका छन्।
कोष कृतिमा जम्मा १२ शीर्षकका आलेखहरु प्रस्तुत छन्। नमस्ते शीर्षकको पृष्ठभूमि समेत १३ वटा आलेख रहेका छन्। हरेक शीर्षकमा केही विशिष्ट पक्षप्रति सकारात्मक दृष्टिकोणसहितका चुनौती र सम्भावनाको पुष्टि गर्नका लागि आफ्ना भोगाइ र निजात्मक अनुभूति समेतको दृष्टान्त दिएर उनले मानव जीवनको लक्ष्यप्रति पाठकलाई आकर्षित गर्ने र जागरुक बनाउने क्षमता प्रस्तुत गरेका छन्। देशको राजनीतिक अन्योल, भूकम्पको महासंहार र आर्थिक अवसानका दिनहरुमा शाक्यले भोगेका कठिन परिस्थितिबाट स्वयं निराश भएका बेला उनले आफैभित्रको सकारात्मक सोचको ऊर्जालाई आफैभित्रबाट सल्कन दिएर निराश मानिसहरुका निम्ति समेत उपयोगी ज्ञानको उज्यालो विस्तार गरिदिए। उनले कोष किताबको प्रकाशनलाई लेखक जीवनको अन्तिम प्राप्ति मानेका छन्, तापनि यसका पछि तयार भइरहेका उनका अनुयायी युवा पुस्ताहरु उनका आगामी दिनका नलेखिएका पुस्तकका कभर पृष्ठ हुनेछन्, लेखिएका भविष्यका मुक्त पाना हुनेछन्। सर्वत्र कर्मका हत्केलाहरू फिँजाउँदै औँलाका औजारहरुलाई हृदयको न्यानो सकारात्मक सोचले धार लगाउँदै आएका शाक्यले आफूले सिर्जेको सपनाको भूगोलमा नैतिक आदर्शको गीत गुन्जियोस् भन्ने पवित्र चाहना राखेका छन्।
शाक्यले सबैभन्दा महत्त्वपूर्ण विषय युवाहरूलाई स्वरोजगार सिर्जना गर्नका निम्ति उपयुक्त परिवेश र प्रकारको पहिचान गरी त्यसको कार्यान्वयनमा सघाउनु नै रहेको उल्लेख गरेका छन्।
सोख शीर्षक अन्तर्गत शाक्यले आफ्नो रुचि र अभिरुचिका बारेमा संस्मरण लेखेका छन्। उमेरसँगै सीमित हुँदै जाने भौतिक उपभोगप्रतिको आकांक्षा उनले भने कहिल्यै त्यसमा कमी आउन दिएनन्। जहाँ उपभोगप्रति अभिरुचि रहिरहन्छ, त्यहाँ प्राप्तिका लागि सक्रिय जीवन चलिरहन्छ भन्ने उनको दर्शनले उनलाई विश्वका विभिन्न ठाउँका विशेष कुराप्रति सोख जगाएको छ। यसमा उनले छोराछोरीसँग अमेरिका घुम्न गएको, महङ्गो होटलमा बस्न आफैले प्रस्ताव राखेको, छोराछोरीको मितव्ययी स्वभाव र नेपाली खानाप्रतिको चासोले आफूलाई नेपाली पहिचानको खोजी गर्न प्रेरित गरेको जस्ता विषयहरु प्रस्तुत गरेका छन्। उनले अमेरिका बस्दा आफ्नो र छोराछोरीका कुरा र रुचि नमिलेको विषयमा चिन्तन गरी यसलाई पुस्तान्तरको असर भनी सहजतापूर्वक स्वीकारेका छन्। मान्छेले समाजमा गर्ने कार्य उसको व्यक्तिगत सोखसँग मनोवैज्ञानिक आधारमा जोडिएको हुन्छ। उनको घुम्ने र खाने सोख भएकैले उनले विश्वमा नेपाली खानाको पहिचान बनाउन पहल गर्न सकेका छन्। यस विषयमा अरुलाई प्रेरित गरेका छन्।
वास्तवमा कोष किताव वर्तमान युगमा कर्मयोग सिकाउने नयाँ उपनिषद हो, यसको व्याख्यान भविष्यमा सही किसिमले होला र यसले राखेका पवित्र उद्देश्यहरु प्राप्तिमा युवाहरू निसन्देह एकजुट होलान्! एउटा उज्यालो समयको आगमन नै कोष कृतिको अन्तिम परिणति हो।
दोस्रो शीर्षक कोष हो। यहाँ कोषको अर्थ अर्थकोष नभएर युवामा प्रतिस्थापित गर्ने सकारात्मक सोच र त्यसको निरन्तर चलिरहने अभियान हो। उनले कसको (कर्ण सकारात्मक कोष) को अवधारणाको पुष्टि यही शीर्षकमा गरेका छन्। १२ वटा बुँदामा कर्ण सकारात्मक कोष स्थापनाका कारण र औचित्य स्पष्ट पारिएको छ। शाक्यले सबैभन्दा महत्त्वपूर्ण विषय युवाहरूलाई स्वरोजगार सिर्जना गर्नका निम्ति उपयुक्त परिवेश र प्रकारको पहिचान गरी त्यसको कार्यान्वयनमा सघाउनु नै रहेको उल्लेख गरेका छन्। सम्भाव्य विषयबारे पुस्तिका प्रकाशन गरेर बाँड्ने तथा क्षेत्रगत भ्रमणमा निस्किएर त्यस पक्षको अवलोकन गरी परिणाममा पुग्न सघाउने सोच कोष अन्तर्गत रहेको उल्लेख छ। यसरी नै किन, गीत र भोज तीन शीर्षकका आलेखमा उनले देशमा रहेका कला, साहित्य, सङ्गीत सबै नै सकारात्मक सोचको विस्तारमा मुख्य साधन हुने कुराबारे गहिरो तर्क प्रस्तुत गरेका छन्। उनको चलचित्र कलाप्रतिको अभिरुचि उनले प्रस्तुत गरेका पटकथाहरु कोख र को हो? मार्फत प्रस्तुत भएको छ।
चोट शीर्षकको आलेखमा उनले जीवनमा भोगेका असामान्य परिस्थितिको चित्रण गरेका छन्। यसमा पत्नीसँगै छोरी सम्झनाको वियोगले शोकमा डुबेका शाक्यको आजसम्म पनि बिर्सन नसकेको आलो पीडाको मार्मिक कथा प्रस्तुत भएको छ। कोट, हैट र खुशी जस्ता शीर्षकमा उनले प्रचलित अर्थमा परिर्वनको सम्भाव्यतालाई स्वीकार्दै शोकलाई विस्तारै सकारात्मक सोचमा पुर्याएर जीवनमा मात्र होइन, जीवनपछिको जीवनका लागि पनि सञ्चित गर्ने प्रयत्नमा उनको ७५ वर्षे उमेरको सहज यात्रा जारी नै छ।
कसको अभियानका अनन्त अनुयायी बनुन्। सरल जीवनप्रति यस अभियानका सदस्यहरू यसरी नै आकर्षित भइरहुन्! वास्तवमा कोष किताव वर्तमान युगमा कर्मयोग सिकाउने नयाँ उपनिषद हो, यसको व्याख्यान भविष्यमा सही किसिमले होला र यसले राखेका पवित्र उद्देश्यहरु प्राप्तिमा युवाहरू निसन्देह एकजुट होलान्! एउटा उज्यालो समयको आगमन नै कोष कृतिको अन्तिम परिणति हो।