एजेन्सी – नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि अमेरिकामा उम्मेदवार चयनको प्रकिया सुरु भएको छ। डेमोक्रयाटिक र रिपब्लिकन पार्टीका समर्थकले आफ्नो तर्फबाट उम्मेदवार चयनका लागि आज सोमबारदेखि मतदान प्रकिया सुरु गरेका हुन्।
आउँदो चुनावमा पनि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै रिपब्लिकन पार्टीका तर्फबाट उम्मेद्वार बन्ने छन्। सामान्यताः अमेरिकामा एक जना राष्ट्रपतिलाई दुई कार्यकाल दिने प्रचलन रहेकाले रिपब्लिकले अर्को उम्मेद्वार तय गर्ने छैनन्। तर डेमोक्रयाटिक पार्टीमा भने ट्रम्पसँग प्रतिस्पर्धा गर्नका लागि उम्मेदवार बन्ने होडमा अझै पनि ११ जना आकांक्षी रहेका छन्।
डेमोक्रयाटिकका तर्फबाट उम्मेद्वार तय गर्न सोमबार आयोवा ककसमा मतदान हुँदैछ। केही समयदेखि डेमोक्रयाटिक पार्टीका आकांक्षीले मध्यपश्चिमी राज्य आयोवालाई केन्द्रमा राखेर चुनावी अभियान सञ्चालन गरेका थिए। उम्मेदवार चयनका लागि हुने प्रारम्भिक मतदान आउँदो जुनसम्म जारी रहनेछ।