एजेन्सी– दक्षिण कोरियाका ग्रामिण क्षेत्रका गरिब परिवारहरु पुराना रोगहरुबाट ग्रसित हुने गरेको हालै गरिएको एक सर्वेक्षणले बताएको छ।
कोरियाली स्वास्थ्य विभागका अनुसार डाइविटीज तथा हस्तक्षेप टेन्सन जस्ता रोगहरुबाट ग्रामीण क्षेत्रका गरिव मानिसहरु पिडित हुने गरेको संस्थाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।
चीनी रोगको संक्रमण निम्न आय हुने ग्रामिण क्षेत्रका नागरिकहरुमा मध्यम तथा उच्च आय हुनेको भन्दा करिव चार गुणा बढी रहेको पनि प्रतिवेदनमा भनिएको छ । सन् २०१८ मा निम्न आय हुने ग्रामिण क्षेत्रका नागरिकहरु मध्ये १६ प्रतिशत भन्दा बढीमा यस्ता विरामहरु देखा परेको पनि अध्ययनले देखाएको छ।
हाइपरटेन्सनको समस्या पनि निम्न आय हुने ग्रामिण क्षेत्रका नागरिकहरुमा नै बढी पाइएको छ। अध्ययन प्रतिवेदनका अनुसार यो वर्गका मानिसहरु मध्ये करीव ३१.६ प्रतिशतमा सो रोग पाइएको छ जव की मध्यम तथा उच्च आय हुने मध्येमा करिव २८.७ प्रतिशतमा मात्र सो रोग पाइएको छ।
ग्रामिण क्षेत्र र शहरी क्षेत्रमा चीनीरोगको अनुपातमा केही भिन्नता पाइएता पनि हाइपर टेन्सन अनुपान भने उस्तै पाइएको छ। चीनीरोग ग्रामिण क्षेत्रका करिव १४ प्रतिशतमा पाइएको छ भने शहरी क्षेत्रका करिव १० प्रतिशतमा मात्र पाइएको छ।
मोटोपनको समस्या पनि शहरी क्षेत्र र ग्रामिण क्षेत्रमा फरक पाइएको छ। शहरका करिव २४ प्रतिशत मानिसहरु यो समस्याबाट ग्रसित छन् भने ग्रामिण क्षेत्रका करिव ३५.१ प्रतिशत मानिसहरु उक्त समस्या बाट पिडित छन्।
अध्ययनले खानपानको उचित ब्यवस्थापन हुन नसक्दा यी स्वास्थ्य समस्याहरु आएको बताउदै खानपान तथा ब्यायाममा नियमितता ल्याए यस्ता रोगहरुबाट बच्न सकिने बताएको छ।