काठमाडौं – संसारभरि नै खानामा नुनको प्रयोग युगौँ देखि अनवरत कायमै छ। तर मानव जिब्रोका लागि सम्भवतः सबैभन्दा अभ्यस्त र नभई नहुने स्वाद नै नुन हो। हामीलाई नुनको नसा यति प्रबल छ कि, बिनानुनको खानाले एक छाक मात्र पनि टार्न मुस्किल हुन्छ।
यद्यपि, हाम्रो अपरिहार्य खाद्यतत्वका रूपमा युगौँयुगदेखि रहेको नुन स्वास्थ्यका लागि भने हानिकारक बनेको छ। त्यस्तै सेतो नुनमा (सोडियम क्लोराइड) हुन्छ, जस्ले गर्दा स्वास्थ्यका लागि हानि र्पुयाउँछ। नुनको अधिक सेवनका कारण उच्च रक्तचाप, मोटोपनलगायत अनेक किसिमका रोग निम्त्याउँछ। सेतो नुन अर्थात् सोडियम क्लोराइडको अधिक प्रयोगका कारण स्वास्थ्यमा नराम्रो असर पर्छ।
संसारभरमा करोडौँ मानिसले उच्च रक्तचाप, मस्तिष्कमा पानी जम्नु, बाथलगायत रोगका कारण ज्यान गुमाइरहेका छन्। त्यसकारण वैज्ञानिकहरूले नुनको उपयुक्त विकल्पहरुबारे अनुसन्धान सुरु गरेका छन्। किनकी, स्वास्थ्यका लागि कम हानिकारक होऊन्।
अनेक किसिमका नुनको कम्बिनेसनः स्वास्थ्यमा अब्बल, स्वादमा समान
हानिकारक सेतो नुनको विकल्पका रूपमा शोधकर्ताहरूले ७ सय ८५ सोडियम क्लोराइड र २ सय २५ क्याल्सियम क्लोराइडलाई मिलाएर एउटा नायाँ कम्बिनेसन बनाए। यसका अतिरिक्त एउटा अर्को कम्बिनेसन पनि बनाए, जसमा ९६.४५ सोडियम क्लोराइड, १.६५ पोटासियम क्लोराइड र २५ क्याल्सियम क्लोराइड मिलाइयो।
अनुसन्धानका क्रममा यो नतिजा प्राप्त भयो कि, यी कम्बिनेसन र सेतो नुनमा स्वादका हिसाबले खासै अन्तर पाइएन, तर स्वास्थ्यका लागि भने सेतो नुनको तुलनामा यी कम्बिनेसन अत्यधिक सुरक्षित पाइए।