एजेन्सी – प्राकृतिक ब्लिचिङ एजेन्ट भएको आलु, जसले छालालको रङलाई निखार्न मद्दत गर्दछ। छालाको दाग धब्बालाई हटाउने देखि अनुहारको रंगमा निखार ल्याउने काम गर्दछ। यसमा ब्यूटी एक्सपर्ट, एन्टी एजिङ गुण पनि हुन्छ। जसले चाउरीबाट बचाउन सहयोग गर्दछ।
आलुको प्रयोग र यसका फाइदा
एउटा आलूलाई कोरेसोमा कोर्नुहोस्, यसमा एक चिम्टी बेसारको धुलो मिसाएर अनुहारमा लगाउँदा रंग गोरो हुन्छ। आलुको एउटा स्लाइसमा केही थोपा पानी हालेर यसलाई अनुहारमा पाँच मिनेटसम्म रब गर्नुहोस्, यसले दाग धब्बा टाढा रहन्छ।
एउटा आलूको रसमा अण्डाको सेतो भाग मिसाएर अनुहार र गर्धनमा लगाउनुहोस्, २० मिनेट राखेपछि पानीले धुनुहोस्। यसले छाला चाउरी पर्नबाट जोगाउँछ। एउटा आलूको रसमा कागतीको रसको केही थोपा मिसाएर अनुहार र हातमा १० मिनेटसम्म लगाउनुहोस्। यसले अनुहारको चमक बढाउँछ।
एउटा आलुलाई पिस्नुहोस् र यसमा मुल्तानी माटो र गुलाब जल मिसाएर अनुहारमा लगाउनुहोस्, यो सुकेपछि धुनुहोस्, यसले अनुहारको निखार बढाउँछ। एउटा आलूको रसमा थोरै काँचो दुध मिसाएर यसलाई छालामा लगाउनुहोस् र २० मिनेटपछि धुनुहोस्, यसले छालालाई गोरो बनाउँछ।
एउटा आलूलाई स्लाइसमा काट्नुहोस्, यसलाई आँखाको मुनी डार्क सर्कलमा पाँच मिनेटसम्म राख्नुहोस्, यसले डार्क सर्कल हटाउँछ। एउटा आलूलाई पिसेर त्यसमा काँचो दुध र बदामको तेल मिसाएर यसलाई छालामा लगाउँदा छाला नरम हुन्छ। एउटा आलूलाई कोरेसोमा कोरेर यसलाई दहीमा मिसाएर अनुहारमा लगाउनाले छालालाई गोरो बनाउने काम गर्दछ।