काठमाडाैं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले पदबाट राजीनामा दिएका छन्। पटवालले आईसीसीमै राजिनामा बुझाएको र आईसीसीले त्यसको जानकारी नेपाल क्रिकेट संघ (क्यान) लाई समेत गराईसकेको बताइएकाे छ।
उनकाे राजिनामा घरेलु मैदानमा बुधबारबाट सुरु हुने त्रिकाेणात्मक सिरिजपछि लागु हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पटवाललाइ एक वर्षकाे लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे मुख्य प्रशिक्षकमा नियुक्त गरेकाे थियाे। उनले कार्यकाल सकिन ४ महिना बाँकि छदै पदबाट राजिनामा दिएका हुन्।
पछिल्लाे समय क्यान र प्रशिक्षक पटवालबिच राम्राे सम्बन्ध नरहेकाे जनाइएकाे छ। प्रशिक्षकका रुपमा अन्य सेवा सुविधा बाहेक मासिक ७ हजार अमेरिकी डलर लिँदै आएका थिए। क्यानले केहि दिनपछि नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउने छ।