काठमाडौं – धुर्मुस–सुन्तलीको प्रस्तुतिमा तयार भएको सिनेमा ‘सेन्टी भाइरस’को विदेश राइट्स विक्री भएको छ। फिल्म नेपालमा रिलिज नहुँदै महङ्गोमा विदेश राइटस् विक्री भएको हो। चलचित्रका प्रस्तुतकर्ता तथा कलाकार सिताराम कट्टेलका अनुसार, यो सिनेमाको विदेश राइट्स अमेरिकाको नेप्सिने कम्पनीले १ करोड १५ लाखमा खरिद गरेको छ।
फिल्मको अन्तर्राष्ट्रिय राइटस् यति ठूलो रकममा विक्री भएको यो पहिलो हो। आज, गौतम वुद्ध अन्तरराष्ट्रिय रंगशाला निर्माण स्थलमा सुविहानी फिल्मस्को तर्फबाट कलाकार सिताराम कट्टेल र नेप्सिने कम्पनी नेपालका प्रमुख विधान कार्कीविच सहमती भएको छ।
फिल्मको अन्तर्राष्ट्रिय राइटस् यति ठूलो रकममा विक्री भएको यो पहिलो हो। यो चलचित्रको मुनाफाको ५० प्रतिशत रकम क्रिकेट रंगशाला निर्माणमा खर्च गरिने यसको निर्माणपक्षले बताइसकेको छ।
यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ। चलचित्रले नेपालका गाउँमा हुने पारिवारिक राजनीतिको कथालाई उठान गरेको छ। यो चलचित्र फागुणको ९ गतेबाट रिलिज हुँदैछ।