काठमाडौं – फेस मिस्ट भनेको महिलाहरुले मेकअप गर्नु भन्दाअघि छालालाई तयार गर्नका लागि क्लिन्जर र मोइस्चराइजर गर्नुलाई फेस मिस्ट भनिन्छ।
वास्तवमा यसले छालाको हाइड्रेसनलाई बढाएर त्यसलाई भित्रबाटै चम्किलो बनाउँ छ। मेकअप गर्नु भन्दा अगाडि फेस मिस्टको प्रयोग गर्दा मेकअप लामो समयसम्म सुन्दर र टिकाउ हुन्छ। यो प्राकृतिक र हर्बल प्रोडक्टले बनाइने भएकाले छालामा यसको प्रभाव पनि प्राकृतिक नै हुन्छ।
सौन्दर्य ब्यूटी इन्डस्ट्रीले पछिल्लो केही समयदेखि धेरै उन्नति गरेको छ र नयाँ–नयाँ उत्पादनहरुलाई महिलाहरुबीच परिचित पनि गराएको छ। वास्तवमा मिस्ट एक प्रकारको स्किन ट्रिटमेन्ट हो, जसले छालालाई पोषण, सुन्दरता र मजबुती प्रदान गर्छ।
किनभने आजका महिलाहरुले तनाव, प्रदुषण, अनियमित खानपान आदि विभिन्न समस्याहरुको सामना गर्नु पर्छ, जसको प्रभाव उनीहरुको छालामा सबैभन्दा पहिला देखिन्छ। त्यस्तो स्थितिमा मिस्टको प्रयोग गरेर छालालाई केही हदसम्म बचाउन सकिन्छ।
फेस मिस्टका फाइदाहरु
मेकअप भन्दा पहिला फेस मिस्ट लगाउनाले ब्यूटी प्रोडक्ट सजिलै छालामा मिल्छ, जसले छिट्टै सुन्दर देखाउने, ताजा र आकर्षक देखिन्छ। यो हरेक किसिमको छालाका लागि उपयोगी हुन्छ। यसले दिउँसो पनि रफ स्किनलाई ताजा बनाउन सक्छ, किनभने लामो समयसम्म एयर कन्डिसनरमा काम गर्दा अथवा घाममा बढि समयसम्म बस्नाले छालाको नरमपना कम हुन्छ।
त्यस्तो स्थितिमा फेस मिस्टले छालाको नरमपनालाई यथावत राख्न सहयोग र्पुयाउँछ। जो महिला धेरै मेकअप गर्छिन्, उनको छाला सुख्खा हुन्छ, त्यो अवस्थामा फेस मिस्ट अति नै प्रभावकारी हुन्छ। यसले मोइस्चराइजरपछि हाइड्रेसनको एक्स्ट्रा लेयर बनाएर उत्कृष्ट टोनरको काम पनि गर्छ।
यसले छालालाई पूर्ण रुपमा प्राकृतिक देखाउँछ। हरेक प्रकारको छालाका लागि फेम मिस्ट निकै उपयुक्त छ। यसको प्रयोगले अनुहार चम्किलो हुनुका साथै चाउरीपन पनि कम हुन्छ, जसका कारण उमेर भैसकेर पनि जवान देखिन्छ। फेस मिस्ट पूर्ण रुपमा स्किन केयर प्रोडक्ट हो। यसलाई महिलाहरुले मात्र होइन पूरुषहरुले पनि गर्न सक्छन्।