भक्तपुर– चाँगुनारायण नगरपालिका–८ स्थित घोरसाइने गाउँ सडकको शिलान्यास गरिएको छ। सङ्घीय सरकारको रु चार करोडको लागतमा निर्माण हुने सो सडक आठ मिटर चौडा हुनेछ।
सडकको निर्माण, स्तरोन्नति तथा कालोपत्र गर्ने कार्यको प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले सोमबार शिलान्यास गरे।
केन्द्रीय सरकारबाट पछिल्लो समय चाँगुनारायण र सूर्य्विनायक नगरपालिकामा पाँच–पाँच वटा सडकलाई रु दुई–दुई करोडका दरले बजेट विनियोजन गरिएको जानकारी दिँदै उनले सुडालमा मात्रै रु ३२ करोड बजेटमा सडक निर्माण तथा विस्तार शुरु गरिएको बताएका छन्।
त्यस्तै रु एक करोडको लागतमा चाँगु फास्टट्र्याक खहरेबाट चाँगुको वीर अस्पताल जाने १५ मिटरको सडक अर्थ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरी रु ५० करोडभन्दा बढीको लागतमा निर्माण प्रक्रिया अघि बढाइएको छ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भक्तपुरका अध्यक्ष वचन देउजा, वडा नं ८ का वडाध्यक्ष परासर सापकोटा, सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख विष्णुप्रसाद काफ्लेलगायतले समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्नुपर्ने बताएका छन्। (रासस)