एजेन्सी– सिरियाको इदलिब प्रान्तको उत्तरपश्चिमी क्षेत्रमा सोमबार सिरियाली सरकारले गरेको आक्रमणमा कम्तीमा चार टर्कि सैनिकको मृत्यु भएको छ। मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा अन्य नौ जना सैनिक घाइते भएका र जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। सिरियाली सैनिकले गरेको यस आक्रमणका टर्कीका सेनाले प्रतिकार गरेका बताइएको छ।
सिरियाली सरकारद्वारा जारी आक्रमण रोक्न टर्कीमा १२ वटा पर्यवेक्षण पोस्ट रहेका छन्। यी पोस्ट टर्की र रुसबीच भएको सम्झौताको एक हिस्सा पनि हो। सो पर्यवेक्षण पोस्टहरूमा टर्कीले थप सेना पठाएको स्थानीय सेनाले आइतबार समाचार प्रकाशन गरेपछि सिरियाली सरकारको तर्फबाट सो आक्रमण भएको बताइएको छ।
दमासकसका शासकले टर्कीिवरुद्ध यस प्रकारका प्रहार गर्दा सिरियाविरुद्ध सैन्यशक्ति प्रयोग गरिने टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगानले गत साता चेतावनी दिएका थिए। टर्कीमा हाल ३५ लाखभन्दा बढी सिरियाली शरणार्थी रहेका छन्। इदलिबमा नयाँ हिंसाबाट अन्य थप शरणार्थी आगमनको डर रहेको बताइएको छ। लाखौं सिरियाली शरणार्थी प्रायः टर्की र सिरियाको सीमातर्फ भागेका छन्।