काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगमा आज दशौं चरणको अन्तिम खेलमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लबबिच सातदोबाटोस्थित एन्फा मैदानमा खेल हुँदैछ। खेल दिउँसो ३ बजे शुरु हुनेछ।
लिगमा ९ खेलबाट १५ अंक जोडेको एनआरटी फ्रेन्ड्सलाई पराजित गर्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छ। अंक तालिकामा एनआरटीभन्दा फ्रेन्ड्स तुलनात्मक रुपमा कमजोर देखिएको छ।
१५ अंकसहित एनआरटी सातौं स्थानमा छ भने उसले फ्रेन्ड्सलाई पराजित गर्न सके १८ अंकसहित शीर्ष चौथो स्थानमा उक्लिनेछ। यता, लिगको १० औं स्थानमा रहेको फ्रेन्ड्सले ९ खेलबाट ११ अंक जोडेको छ। उसले एनआरटीलाई पराजित गर्न सके फ्रेन्ड्स पनि अंक तालिकामा सुधार गर्नेछ।
फ्रेन्ड्सले ३ अंक जोड्न सके उसले आठौं स्थानमा रहेको नेपाल पुलिस क्लबसँग १४ अंक बराबरी गर्नेछ। दशौं चरणका खेल सकिँदा विभागीय टोली त्रिभुवन आर्मी क्लब २३ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा २२ अंक जोडेको मछिन्द्र छ भने तेस्रो स्थानमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लब १९ अंकसहित छ।
लिगमा दशौं चरणसम्म अपराजित रहेको मनाङ च्यासल युथ क्लबसँग सोमबार २–० गोल अन्तरले पराजित भएको थियो।