एजेन्सी– सुन्तला जस्तै सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ। विशेषगरी, सुन्तलाको बोक्रा छालाको लागि निकै लाभदायी हुन्छ। यसले छालालाई धेरै समस्याबाट बचाउँछ।
सुन्तलाको बोक्राको फेस मास्कलाई सबैभन्दा लोकप्रिय मास्कको रुपमा लिइन्छ। सुन्तलाको बोक्रालाई सुकाएर धुलो बनाई यसलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकिन्छ। यसले एक्नीदेखि ब्याकहेड्सबाट छालालाई बचाउँछ।
सुन्तलाको बोक्राको फाइदाहरुः
एक्नी (दाग) हटाउन– सुन्तलामा भिटामिन सी, एन्टिअक्सिडेन्ट र एन्टि इन्फ्लामेन्टरी गुणले भरिएको हुन्छ। जसले एक्नी हटाउन मद्दत गर्छ। साथै, एक्नी जन्माउने हाइपरपिग्मेन्टेशनलाई पनि निको गर्छ।
मरेको छाला हटाउन– अनुहारमा रहेका मृत छालालाई हटाउन सुन्तलाको बोक्रा निकै फाइदाजनक हुन्छ।अनुहारमा बन्ने मृत छालाले छिद्रहरुलाई बन्द गरिदिन्छ, जसले अनुहारको छालामा विभिन्न समस्या पैदा गर्छ।
त्यसको लागि सुन्तलाको बोक्रामा हुने साइट्रिक एसिडले उक्त मृत्र छालाका कोशिकालाई हटाउने काम गर्दछ। यसमा हुने एन्टिअक्सिडेन्ट नामक तत्वले फ्रि रेडिकलको प्रभावबाट बचाउँछ र साइट्रिक एसिडले छालालाई एक्सफोलिएट गर्छ। सुन्तलाको बोक्राबाट बनेको मास्क लगाउँदा टोन र कसिलो बनाउन मद्दत गर्छ।
तैलिय छालाको उपचार– सुन्तलाको बोक्रामा हुने साइट्रिक एसिडले अनुहारमा तेल उत्पादन रोक्छ। यसमा मोस्चराइजिङ गुणले छालालाई हाइड्रेटेड र कोमल बनाउँछ।
कलिलो छाला– सुन्तलाको छालामा उपलब्ध भिटामिन सी शक्तिशाली एन्टिअक्सिडेन्ट हो, जसले छालालाई बाहिरी फोहोरबाट बचाएर यसले उमेरभन्दा कम देखाउँछ मद्दत गर्छ।