दार्चुला– दार्चुलाको दुहुँ गाउँपालिका -३ का एक पुरुष भीरबाट लडेर मृत्यु भएको छ। ब्रह्मदेव बाटामुनी बस्ने अन्दाजी ४५ वर्षीय धनपती कार्कीको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
जिल्ला सदरमुकाम खलंगाबाट घर जाने क्रममा सोमबार साँझतिर महाकाली नगरपालिका-१ को कलौन भीरबाट लडेर मृत्यु भएको हो।
मृतक कार्कीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।