काठमाडौं – कोलोस्टोर रगतमा पाइने बोसो हो। स्वास्थ्य जीवनका लागि याे आवश्यक हुन्छ। रगतमा यसको मात्रा सामन्यभन्दा बढी भयो भने रगत जम्छ। यसले स्वास्थ्यमा असर पुर्याउँदछ। कुनैपनि उमेरको पुरुष महिलामा कोलोस्टोरको मात्रा २ सय एमजीरडिएल भन्दा कम हुनुपर्छ।
कोलोस्टोरको जोखिमहरु
– कोलोस्टोर मस्तिष्क र मुटुमा जाने धमनीलाई नराम्ररी असर र्पुयाउँदैन। यसको परिणामस्वरुप छातीमा पीडा सुरु हुन्छ।
– कोलोस्टोर रगतमा बढेपछि पथरी रोग, हृदय रोग, उच्च रक्तचाप आदि हुनसक्छ।
– नसामा उतारचढाव आउँछ, त्यसैले हिँडडुल गर्न गाह्रो हुन्छ।
कारणहरु
यसमा तीनवटा कारण हुन्छन्।
१. खाना अर्थात वोसोयुक्त खाद्य पदार्थको अधिक तथा लगातार सेवन।
२. मोटाबलिक सिस्टम पर्याप्तरुपमा रगतबाट बाहिर निस्कन पाउँदैन, त्यसैले रगतमा एलडीएलको स्तर बढ्छ।
३. कोलोस्टोर कलेजोमा अधिक मात्रामा उत्पादन गर्छ
लक्षणहरु
–सास फेर्न गाह्रो हुनु
– कमजोरी
– थकान
– पसिना धेरै आउनु
– बेचैन महसुष हुनु आदि
यसको नियन्त्रण गर्न के खाने ?
– खानामा धेरैजसो मौसमी फल र सब्जी सेवन गरौं।
– सुन्तलाको जुस फाइदाजनक हुन्छ, यसमा क्याल्सियम पाइन्छ।
– नास्तामा कर्नफ्लेक्स जस्ता खानेकुरा फाइदाजनक हुन्छ।
यसको नियन्त्रण गर्न के नखाने ?
– रातो मासु सेवन नगरौं।
– दुध, घिउ, आइसक्रिम सेवन नगर्नु राम्रो हो।
– चुरोट, रक्सीको सेवन गर्दै नगरौं।
सावधान रहनुहोस्
– खानपान र जीवनशैलीमा चिकित्सकको सल्लाह अनुसार परिवर्तन गर्ने।
– औषधीका साथै केहि खानपानमा सुधार ल्याएर पनि कोलोस्टोर नियन्त्रण गर्न सकिन्छ। किनभने खानपान र रहनसहनले उच्च कोलोस्टोरको समस्या पैदा हुने हो।
– शरीरको तौल बढ्न नदिने, धेरैभन्दा धेरै पैदल हिँड्ने गरौं।
– जगिङ, डान्सिङ, एरोबिक्स, स्विमिङ धेरै लाभदायक हुन्छ।
– सिंढीबाट उक्लने अभ्यास गरौं।
यसको घरेलु बिधीहरु
– तातो पानीमा एक–एक चम्चा मह र कागतीको रस मिसाएर बिहान पिउने गर्नुपर्छ।
– १ गिलास पानीमा २ चम्चा धनियाँ उमाल्ने, चिसो भएपछि त्यसलाई छान्ने र पिउने।
– प्याजको रस फाइदाजनक हुन्छ। यसले रगत पनि सफा गर्छ।
– भिटामिन–ई खानेकुरा सेवन गरौ।
– भिटामिन–बि ६ पनि लिन सकिन्छ।
– लसुन नियमित रुपमा सेवन गर्नसकिन्छ।
– एक चम्चा मेथी पाउडर मिसाएर एक महिनासम्म खाली पेट पिउनुपर्छ।
– नियमित एक चम्चा मह सेवन गर्नुहोस्।
– सनफ्लावर तेल प्रयोग।