काठमाडौं – दक्षिण र मध्य अमेरिकामा उत्पत्ति भएको क्याक्टस प्रजातिको बहुउपयोगी वनस्पति हाे ‘ड्रागनफल’। यो झट्ट हेर्दा सिउँडी जस्तै देखिन्छ। नेपालमा भने यसलाई सिउँडी फल पनि भन्ने गरिन्छ। यसको वैज्ञानिक नाम हो हाइलोसेरियस अनडाइटस।
यसमा धेरै खाले औषधीय गुण पाइने र असाध्यै रसिलो तथा स्वादिष्ट भएकाले यस फललाई सुपर फूड पनि भन्ने गरिन्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउने र शरीरमा शक्ति तथा ऊर्जा वृद्धि गर्ने भएकाले यसलाई शक्तिको पावर हाउस पनि भनिन्छ।
ड्रागनफलका फाइदाहरु
ड्रागनफल मुटुको लागि अत्यन्त्यै फाइदाजनक हुन्छ। यसले प्रतिरक्षा प्रणाली बलियो बनाउनुका साथै शरीरमा चिनीको मात्रालाई नियन्त्रित राख्छ। मोटोपन घटाउन सहयोगी, प्रशस्त मात्रामा फाइबर हुने भएकोले पाचनप्रणालीका लागि फाइदाजनक हुन्छ।
शरीरका विकास र हानिकारक धातुहरु निश्कासनमा समेत यसले सहयाेग गर्दछ। प्रोस्टेट क्यान्सको खतरालाई कम गर्ने, मानसिक क्षमता अभिबृद्धि गर्ने, बुढापाकाको गतिलाई सुस्त तुल्याइदिने र हड्डी र दाँतलाई बलियो बनाउने जस्ता समस्याकाे लागि ड्रागनफल उपयुक्त मानिन्छ।